लोकतान्त्रिक र वाम गठबन्धनले आचारसंहिता उल्लंघन गरेको उजुरी निर्वाचन कार्यालयमा परेको छ ।मौन अवधिमा बुधबार दुबै गठबन्धनले भोट माग्दै गुलरिया बजारमा घरदैलो अभियान गरेका छन् । शरषचन्द्र तिवारीले वाम गठबन्धनको क्षेत्र नम्बर १ का उम्मेदवार वामदेव गौतमले आचारसंहितको उल्लंघन गरेको भन्दै कारबाहीका लागि निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको बताए ।