डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन्। शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नै आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका हुन्।गृहमन्त्री खाँण चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई विभिन्न प्रलोभन देखाएर फकाउन गएको प्रति राप्रपाको गम्भीर आपत्ति रहेको प्रवक्ता शाहीको भनाइ छ। उनले गृहमन्त्रीले कानुन र आचारसंहिताको पालना गर्न लगाउनुको