घाटा खाएर महान् कोही बन्दैन, सबै नाफामा जाने भए शेयरबजार नै चल्दैन । घाटा नाफाको चक्र चल्छ । तर, प्राय: सबैले शेयरबजारबाट केही कमाएजस्तो महसूस हुन्छ । लगानी गर्नेले पनि कसरी ठीक ठाउँमा लगानी गर्ने भन्ने बारेमा राम्रो बुझेर अगाडि बढ्नुपर्छ । व्यापक घटेको बेलामा किन्ने र व्यापक बढेको बेलामा बेच्ने भन्ने सूत्र सबैलाई थाहा छ र हुन्छ ।