काठमाडौं : नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायत सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे