काठमाण्डाै - मानवीय सङ्कटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।आज बिहान विमानमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सहयोग हस्तान्तरण गरेको हो ।आज परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थ...