काठमाण्डौ – नेपालले अफगानिस्तानमा सहायता सामग्री पठाउने भएको छ । मानवीय सहायता सामग्रीसहित नेपाली टोली भोलि बिहान अफगानिस्तान जाने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टड विमानबाट परराष्ट्रको टोली त्यहाँ जान लागेको हो ।
नेपाली टोली अफगानिस्तानको राजधानी काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले भोलि बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर टोलीलाई काबुल पठाउने तयारी छ ...