महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते बोलायो साधारण सभा

पुस २९, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब गर्ने लगायतका प्रस्ताव रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि रहेको छ ।  महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापूँजी पुयाउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि उक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित सामग्री

महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा वैशाख २५ गते हुँदै

वैशाख ९, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा आगामी वैशाख २५ गते गर्ने भएको छ । कम्पनीले सभा होटल कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी रू. ५ अर्ब र जारी पूँजी रू.३ अर्ब पुर्‍याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सर्वसाधारणलाई छुट्याएको शेयर सार्वजनिक निष्कासन गर्ने र यस कम्पनी र अन्य कुनै पनि जीवन कम्पनी एक आपसमा गाभ्न/ गाभिन अथवा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स​ले सम्पन्न गर्‍यो चौथो वार्षिक साधारण सभा

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।  सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकक...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मनोरञ्जन रमण शर्माको अध्यक्षतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम बारेमा प्रकाश पारेका थिए ।  सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित