महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा वैशाख २५ मा, मुख्य प्रस्तावमा आईपीओ निष्कासन

वैशाख १९, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा आगामी वैशाख २५ गते गर्ने भएको छ । कम्पनीले सभा होटल कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी रू.५ अर्ब र जारी पूँजी रू.३ अर्ब पुरयाउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सर्वसाधारणलका लागि आईपीओ निष्कासन गर्ने र यस कम्पनी र अन्य कुनै पनि जीवन कम्पनी एक आपसमा गाभ्न/ गाभिन अथवा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।