महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मनोरञ्जन रमण शर्माको अध्यक्षतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम बारेमा प्रकाश पारेका थिए । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित