वीरकी डा. रिनामाथि अनियमितता आरोप, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
पीडित नर्सिङ र कर्मचारीले शैक्षिक छानबिन र सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १९ बुँदे उजुरीसमेत दर्ता गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३३ औं वार्षिक प्रतिवेदनले मुलुकमा भ्रष्टाचार झनै मौलाएको देखाएको छ । आयोगले सोमबार बुझाएको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा अनियमितता सम्बन्धमा २० हजार ९ सय ५ वटा उजुरी परेका थिए । यस्तै अघिल्लो वर्षबाट ७ हजार १ सय ६२ उजुरी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीको […]
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत मंसिरमा औषधि खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
औषधि खरिदमा चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।...
काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने ग
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्व परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८।०७९ मा विराटनगर महानगरपालिकाविरुद्व भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको […]
The post अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनगढी । कैलाली अदालतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । म्याद तामेलमा अनियमितता गरेको भन्दै जिल्ला अदालत कैलालीका कर्मचारीहरुविरुद्ध उजुरी परेको हो । भूमिराज हार्डवेयर धनगढीका सञ्चालक तारा चन्दले म्याद तामेलमा अनियमितता गरेको भन्दै तामेलदार झंकार नाथ, श्रेस्तेदार राइभान कुन्जेडा र फाँटवालाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । गत वर्ष माघमा दर्ता भएको […]
The post कैलाली अदालतका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।...
२ माघ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ […]
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहबाट हुने काममा सबैभन्दा बढी अनियमितता हुने तथ्यांक सार्वजनिक गरेको छ। संघीय मामला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय तहमा हुने गरेको अनियमितताकै कारण यो मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी उजुरी दर्ता हुने गरेको अख्तियारको भनाइ छ। अख्तियारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएपछि आयोजना गरेको पत्रकार […]
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता भएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख कृष्णप्रसाद सापकोटाले जनाएका छन् । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो । ती फाइल अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले जनाएको हो ।अख्