नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको दौडधुप तीव्र बनेको छ । केन्द्रदेखि प्रदेश हुँदै जिल्ला र वडा तहसम्म नेतृत्वका आकांक्षीहरूले दौडधुप बढाएका हुन् ।
कांग्रेसको उर्बरभूमि मानिएको मोरङमा जिल्ला नेतृत्व हत्याउनका लागि नेताहरू बालुवाटारदेखि पार्टीका क्रियाशील सदस्यको घरदैलोसम्म धाउन थालेका छन् ।
कांग्रेस मोरङको सभापतिका लागि मात्रै आधादर्जन भन्दा धेरै आकांक्षीहरू देखिएका छन् ।
डिकबहादुर लिम्बू, दिलिप गच्छदार, नागेश कोइराला, रमेशजंग रायमाझी, मानबहादुर लिम्बू, यदु विष्ट, मदन संग्रौला, मोदराज घ...