१९ वैशाख, विराटनगर । संविधानसभा सदस्य आशाकुमारी सरदार मोरङको जहदा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी उपाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेकी हुन् । सरदार २०६४ सालको समानुपातिक तर्फको संविधानसभा सदस्य हुन् । उनी विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा आएकी थिइन् । पार्टीले टिकट नदिएपछि आफूले […]