काठमाडौं : काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन सुरु गरिएको छ। बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माण गरेको थियो। लामो समयदेखि काठमाडौं र ललितपुरमा…