थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ ।फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ ।केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी

सम्बन्धित सामग्री

कुरुप बन्दै भृकुटीमण्डप

काठमाडौं । २०७२ सालको भूकम्पले तहसनहस बनाएपछि काठमाडौं उपत्यकामा खुला सार्वजनिक स्थलको महत्वका विषयमा धेरै बहस भए । सरकार, राजनीतिक दल, जनप्रतिनिधिमूलक निकायले सार्वजनिक स्थल बनाउने प्रण गरे । तर, भूकम्प गएको आठ वर्ष बित्दा मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारदेखि ११४ रोपनी जग्गा रहेको काठमाडौंको भृकुटीमण्डप क्षेत्र अव्यवस्थित बन्दै गएको छ । सरकारी स्वामित्वमा रहेको जग्गामध्ये […]

कमलपोखरीका सयौँ माछा दिनहुँ किन मर्छन् ?

काठमाडौं। काठमाडौंको कमलपोखरीमा पछिल्लो केही दिनदेखि माछाहरु दूषित पानिको कारण मरिरहेका छन्। कमलपोखरीमा प्लास्टिक, बोक्रा लगायतका फोहोर फाल्ने गरेकाले पोखरी फोहोर भएको स्थानीयहरु बताउँछन्। कमलपोखरीमा नियमित सरसफाई र व्यवस्थापन नहुँदा पोखरी कुरुप बन्दै गइरहेको छ।

भित्तो कोतर्दै प्लटिङ : कुरुप बन्दै काँठ

काठमाडौं : काठमाडौं उपत्यकाका शहरी क्षेत्रमा जति अव्यस्थित रुपमा शहरीकरण बढिरहेको छ काँठ क्षेत्रको अवस्था पनि बिग्रँदो छ। काँठ क्षेत्रमा प्लटिङसँगै खण्डित हुँदैछ। उपत्यकाको जलाधार क्षेत्र मानिएको काँठ क्षेत्रमा अवैज्ञानिक ढंगले जग्गा प्लटिङ हुँदा पानीका मुहानहरु सुक्न थालेका छन्। कुनै समय हराभरा देखिने काठमाडौं उपत्यका अहिले उजाड भएको छ। अब…

पुनर्निर्माणको क्यानभासमा छुटेको एकीकृत बस्ती

९ पुस, काठमाडौं । भनिन्छ, विनासले नवनिर्माणको अर्को अवसर दिलाउँछ । १२ वैशाख २०७२ को महाभूकम्पले मच्चाएको विनाश लिलापछि पनि एउटा आशा थियो, जोखिमयुक्त, असजिलो र कुरुप बन्दै गएका शहरी तथा ग्रामीण बस्तीहरु पुनर्निर्माण गर्न र गाउँ–गाउँसम्म व्यवस्थित एकीकृत बस्तीहरु विकास गर्न यो विपद्ले ढोका खोल्छ कि ! करिब ७ वर्षदेखि चलिरहेको पुनर्निर्माणको अभियान भने […]