नेपालसँग मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध जोडेको र आवासीय दूतावास खोलेको झन्डै पाँच दशकपछि उत्तर कोरियाले ‘आर्थिक संकट’ भन्दै काठमाडौंस्थित दूतावास बन्द गर्ने भएको छ । दुई साताअघि उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त जानकारी गराएपछि उनीसहित दूतावासका केही कर्मचारी प्योङयाङ फर्किएका छन् र बाँकी फर्कने क्रममा छन् । अबउप्रान्त उत्तर कोरियाले नेपाल मामिला दिल्लीस्थित दूतावासमार्फत हेर्ने बताइएको छ ।