रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...

सम्बन्धित सामग्री

किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन् ।ताजिकिस्तान र किर्गिजस्तानबीचको सीमामा रहेको १ हजार किलोमिटर भूभागमध्ये एक तिहाइ विवादित छ । गत वर्ष दुई देशबीच सीमामा भएको विवादमा करिब ५० जनाको

ताजिकिस्तान र किर्गिजस्तानका सुरक्षाकर्मीबीच झडप, ३६ जनाको मृत्यु

काठमाडौँ- मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ताजिकिस्तानसँगको सीमाक्षेत्रमा हालै भएको झडपमा परी ३६ जनाको मृत्यु भएको किर्गिज स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको बताइएको छ […]

चिनियाँ राष्ट्रपति सि ताजिकिस्तान र उज्बेकिस्तान जाने

चीनका राष्ट्रपति सि चिनफिङ बुधबार ताजिकिस्तान र उज्वेकिस्तान भ्रमणमा जाने भएका छन् । उज्वेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।  उनले दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अध

युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

काठमाडौं :रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वपछि मध्य एसियाली देशहरू ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।  युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो। रोसिया(१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने  कार्यक्रम रहेको उल्लेख गरेका छन्। त्यसैगरी दुशान्बेमा पुटिनले ताज

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ …

तालिबानले ताजिकिस्तान र चीन सीमामा आत्मघाती लडाकू तैनाथ गर्ने

तालिबानले आत्मघाती आक्रमणकारीहरूको खतरनाक बटालियन तयार पारेर अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान र चीन सीमामा तैनाथ गरेको छ ।  यी आक्रमणकारीहरूलाई विशेषगरी बदख्शान प्रान्तमा तैनाथ गरिनेछ । उक्त प्रान्तका उपगभर्नर मुल्ला निसार अहमद अहमदीले देशको उत्तरपूर्वी क्षेत्रमा बटालियन बनाइएको विषयमा जानकारी दिए ।  बटालियनको नाम लश्कर-ए-मन्सुरी हो र यसलाई देशका सीमाहरूमा तैनाथ गरिनेछ । यही बटालियनले अफगान सुरक्षाबलहरूका विरुद्ध आत्मघाती आक्रमण गर्ने गरेको थियो ।  अहमदीका अनुसार, यो बटालियनले नै अमेरिकालाई...

मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तान आईसीसीको नयाँ एसोसियट सदस्य

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ । आईसीसीको ७८ औं वार्षिक साधारण सभाले यी तीन देशलाई सदस्यता दिएको हो । योसँगै आईसीसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ । मंगोलिया र ताजिकिस्तान एसिया क्षेत्रको २२ औं र २३ औं सदस्य बनेका छन् । स्विट्जरल्याण्ड युरोपबाट आईसीसीकाे सदस्यता पाउने ३५ औं राष्ट्र बनेकाे छ । तीन देशले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।

तालिबानको आक्रमण बढेसँगै तीन सयभन्दा धेरै नागरिक पुगे ताजिकिस्तान

३१ असार, काठमाडौं । अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेसँगै ३४७ अफगानिस्तानी नागरिक भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा सक्षाबलको सूचना एजेन्सीले खिएको जानकारीअनुसार तालिबानबाट ज्यान बचाउन ३४७ अफगानी नागरिक ताजिकिस्तान प्रवेश गरेका हुन् । सीमा पार गर्ने क्रममा दुई शिशुको मृत्यु भएका ताजिकिस्तानको सीमा सुरक्षा बलले बताएको छ । पछिल्लो समय […]

अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक भागेर ताजिकिस्तान पुगे

काठमाण्डाै – अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक तालिबानसँगको भिडन्तपछि भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले विज्ञप्ति निकालेर अफगान सैनिक ज्यान जोगाउन भागेर सीमापारि पुगेका बताएको बीबीसीले जनाएको छ । अफगान सैनिक भागेर ताजिकिस्तान पुगेका गएको तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँच पटक गरी एक हजार ६ सय अफगान सैनिक भागेर ताजिकिस्तान पुगिसकेका छन् । अफगानिस्तानबाट बीस वर्षपछि अमेरिका, बेलायत र गठबन्धन सैन्य आफ्नो देश फर्कन थालेसँगै हिंसा चर्किन थालेको ...