ताजिकिस्तान र किर्गिजस्तानका सुरक्षाकर्मीबीच झडप, ३६ जनाको मृत्यु

काठमाडौँ- मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ताजिकिस्तानसँगको सीमाक्षेत्रमा हालै भएको झडपमा परी ३६ जनाको मृत्यु भएको किर्गिज स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको बताइएको छ […]