लिपुलेकलगायतका नेपाली भूमि फिर्ता ल्याउन सरकार प्रतिवद्द छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धि विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पारे । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सो भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गरेका थिए । त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिएका हुन्। उनले सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको पनि बताए । प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ । भूमि सम्बन्धि विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहि आएको छ । यसमा हाम्रो कूटनीतिक प्रयास जारी छ । यस सम्बन्धि विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नेपाल भारत सम्बन्ध बहुआयामिक छ । सहयोगका क्षेत्रहरु व्यापक छ । ऊर्जा क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा दूई मुलुकबीच सम्झौता भएको छ । नेपालको भूवनावटका कारण ऊर्जाको बजार भारत सहज हुने देखिन्छ ।’ 

सम्बन्धित सामग्री

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकपालप्रति आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा आन्तरिक द्वन्द्व …

सदगुुरु नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने

सिमकोट – भारतीय सदगुरु नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ठूलो समूहसहित हुम्ला आउने भएका छन्। पर्यटन तथा होटल व्यवसायी विजय लामाका अनुसार भदौ ३ गते सदगुुरु सिमकोट आएर लाप्चातर्फ लाग्ने कार्यक्रम छ। सदगुुरु आफूसहित एक हजारदेखि एक हजार चार सय जना पर्यटक नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन र पूजाआजा गर्न आउन लागेका […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, एक चीन नीतिमा प्रष्ट छ

प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा दृढ रहेको र र एक चीन नीतिमा प्रष्ट रहेको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपालले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक …

कुनैपनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

सरकारले कुनै मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो । बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई आइतबारको प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग स्वीकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शुक्रबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश...

चीनतर्फको सीमामा नेपाली भूमि मिचिएको भन्दै महन्थको पार्टीले गर्‍यो प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।  नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् ।  सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।  यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप ...

लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए राजीनामा दिने सांसद लामाको घोषणा

काठमाडौं, ३० भदौ । हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्लाको लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए आफुले राजीनामा दिने घोषणा गरेका छन् । सांसद लामाले चीनले नेपाली भूमि नमिचेको दाबी गर्दै यस्तो बताएका हुन् । हिजो (मंगलबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । […]