पुस-माघसम्म तीन करोड २३ लाख खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म तीन करोड २३ लाख कोरोना डोज खोप आइसक्ने बताउनुभएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै खोप खरिद तथा आयातबारे जानकारी दिनुभएको छ । ‘चीनले अनुदानमा दिएको १६ लाख र जापाले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने र भुटानले दिएको तीन लाख डोज खोप पनि छिट्टै आइपुग्ने छ,’ उहाँले भर्चुअल प्रेस मिटमा भन्नुभयो, ‘चीनको सिनोमार्फ कम्पनीसँथ ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ ।’

सम्बन्धित सामग्री

दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो […]

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् । बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए । अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो । कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए । उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए । बैठकमा एमाले सांसद् खेमप्रसाद लोहनीले भने, ‘चैत मसान्तसम्ममा धेरै ढिलो हुन्छ, चैत भन्यो असार जान्छ । त्यसकारण ४ महीनामा सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ ।’ बैठकमा नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले प्रशंसायोग्य काम गरिरहेकोमा व्यवस्थापनमा भने समस्या रहेको बताएका थिए । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार मात्रै २४ घण्टाको अवधिमा १० हजार ८ सयको पीसीआर परीक्षण गर्दा ३ हजार २६० मा संक्रमण पुष्टि भएको छ भने थप ३२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

३३ प्रतिशत जनसंख्यालाई खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् । सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने जानकारी दिँदै उनले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको जनाए […]