काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।
सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो ।
आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच...