नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)को दोस्रो भेलाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । आगामी भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको हो । वाइसिएल संयोजक सुमन देवकोटाको उम्मेरहद ४० वर्ष नाघेपछि अध्यक्षसहित नयाँ पदाधिकारी चयन गरिने प्रचार प्रसार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘यसअघि अधिवेशनबाट संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध श्रीपाली मात्रै चयन हुनुभयो । अरु २३१ केन्द्रीय सदस्य मात्रै बनाइयो ’ ओलीले भने,&lsquo