एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा अघि बढेका प्रदर्शनकारी (तस्बिर/भिडिओ)

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ । संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

सम्बन्धित सामग्री

बानेश्वरमा एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिर/भिडिओ)

एमसीसी खारेजीको मागसहित सत्तारुढ दल माओवादी र नेकपा एसका भ्रातृ संगठनलगायत आन्दोलनमा छन् । जुलुस संसद भवन घेराउ गर्न अगाडि बढेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको छ । आन्दोलनकारीले ढुंगा हान्नुका साथै तोडफोडसमेत गरेका छन् ।

संसदमा एमसीसी टेबल हुँदा तनावग्रस्त बनेको सडक

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भा

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…