६ माघ, काठमाडौं । अर्जेन्टिनाको पश्चिमी प्रान्त सान जुआनमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पसँगै अहिले अर्जेन्टिनामा त्यसको पराकम्पन जाने क्रम जारी छ । पहिलो भूकम्प गएको २० मिनेटपछि ५ म्याग्निच्युडको अर्को पराकम्पन गएको थियो । यो भूकम्पको विषयमा विस्तृत जानकारी आउन बाँकी भए पनि अहिलेसम्म भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन […]