देउवाले गरे बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान

लुम्बिनी-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान गरेका छन्। बुद्ध पूर्णिमाको अवसर पारेर भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए। “लुम्बिनी अब विश्व समुदायसँग सिधा हवाई मार्गमार्फत जोडिएको छ, उनले भने-यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ, देशको आर्थिक विकासमा समेत […]

सम्बन्धित सामग्री

बौद्धस्थलमा दर्शनार्थीको भिड (तस्बिरसहित)

काठमाण्डाै - बुद्धजयन्तीकाे अवसरमा आज देशभरका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य लगायतमा दर्शनार्थीकाे भिड लागेकाे छ ।  आज बुद्ध जन्मस्थल लुम्बिनी, काठमाण्डाैकाे स्वयम्भू, बौद्ध स्तूप, चाबहिलमा रहेकाे चारुमति विहार, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेकाे हाे ।  सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप बुद्ध जयन्ती मनाउने गरिन्छ ।  नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ...

लुम्बिनीमा बुद्धजयन्तीको रमझम, विश्व शान्तिको कामनासहित हजारौं सहभागी

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । लुम्बिनी तथा आसपासका क्षेत्रमा विशेष कार्यक्रम गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी आउँदै छन् ।

पर्यटनमा अब्बल लुम्बिनी प्रदेश

कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्विक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यहीअनुसारले अघि बढनु पर्दछ । नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको आफ्नै पहिचान छ । विश्वमाझ नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी र विश्व चर्चित बर्दिया टाइगर लुम्बिनी प्रदेशमा पर्दछन् । लुम्बिनी प्रदेश नेपालको पर्यटन क्षेत्रका […]

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण

विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उहाँले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामकरण गरेको घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

लुम्बिनीमा नौका बिहारमा आकर्षण

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी या विदेशी पर्यटकहरूका लागि आकर्षण मध्येको एक हो केन्द्रीय नहरमा नौका बिहार गर्ने । पछिल्लो समय लुम्बिनी आउने पर्यटकहरूमा धेरैको रोजाइमा परेको छ केन्द्रीय नहर(सेन्ट्रल क्यानल)मा बोटिङ गर्ने । विश्व शान्ति द्वीपबाट उत्तरतर्फ म्युजियम पुग्ने बाटो तेलार पुलसम्म करिब १ हजार ६ सय मिटरको दूरीमा नौका बिहार हुने गरेको छ । लुम्बिनी आउने जो कोही नौका बिहारमा रमाउन चाहन्छन् ।

ट्रान्सफर्मर पड्किएपछि सातादेखि लुम्बिनी अन्धकार

लुम्बिनी । विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको...

ट्रान्सफर्मर पड्किएपछि सातादेखि लुम्बिनी अन्धकार

विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु¥याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ । लुम्बिनी…