उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन ‘युद्ध गर्न लालायित छन्’। यो भनाइ संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत निक्की हालेको हो। पछिल्लो पटक गरेको शक्तिशाली आणविक परीक्षणपछि किम जोङ युद्धका लागि ललकारेको प्रतिक्रिया निक्कीले दिएकी हुन्। सोमबार न्योयोर्कमा भएको राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक वैठकमा निक्कीले भनिन्, ‘अमेरिका कहिल्यै युद्ध चाहँदैन। तर, यसको धैर्यको सीमा छ।’…