दाङ : शान्तिनगर गाउँपालिका-३ का ३८ वर्षीय हुमबहादुर परियार बिहीबार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन्।उनले कोरोना जित्छन् भन्ने आश न परिवारलाई थियो न आफन्तलाई। चिकित्सक र स्वास्थ्यकर्मीले पनि उनको अवस्था देखेर माया मार्न लागेका थिए। तर उनले कोरोना जितेर नयाँ जीवन पाएका छन्। अहिले परिवारमा खुसी फर्किएको छ। परियार दैनिकी मजदुरी गर्ने व्यक्ति हुन् परियार उनलाई सुरुमा रुघाखोकी र ज्वरो आयो। त्यसपछि उनी धेरै बिरामी भए। तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लाग