जसपाद्वारा जसपा कार्यालयमा तालाबन्दी

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन्। पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको हो। प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गरेका हुन्। उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ।

सम्बन्धित सामग्री

कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनले गर्‍यो तालाबन्दी

२८ भदौ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका कार्यालयमा पाँच दलीय गठबन्धनले तालाबन्दी गरेको छ । आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने […]