काठमाडौँ- समानुपातिकमा दलले प्राप्त गरेको १३ सिटमा आफुखुसी मनोनयन गर्न लागेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले बिहीबार पार्टी कार्यालय घेराउ गरे। आम कार्यकर्ता र समर्थकले घेरिएका स्वतन्त्र पार्टीका नेताहरु दबाबमा छन्। तर, समानुपातिक निर्वाचन निर्देशिकाले भने दलले यतिबेला तजबिजी आधारमा बन्दसूचीको क्रम मिच्न नपाउने व्यवस्था गरेको छ। समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले पनि बन्द […]