भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको