मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेक