‘अरू केही चाहिँदैन मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’

मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट...