काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।
यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्ष वा विपक्षमा...