आज जागा हुने भगवान् विष्णुको आराधाना गर्न चाँगुनारायणमा भक्तजनहरुको भीड

भक्तपुर : कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ। भक्तपुरको चाँगुनारायणसहित उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। आज भगवान् विष्णुको पूजाआजा तथा आराधना गर्न बिहानैदेखि नारायण मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ। असार शुक्ल एकादशी अर्थात्…

सम्बन्धित सामग्री

राम मन्दिरमा भक्तजनको भीड

आज राम नवमी पर्व मनाइँदै छ। राम नवमीको अवसरमा काठमाडौँमा पनि भगवान् श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ।...

आज श्रीकृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भीड

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ […]

साउने सोमबारः पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं, साउन १६। आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई […]

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

गलेश्वर- आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजन आएका […]

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ,२ साउन । आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजना […]

साँगामा दर्शनार्थीको भीड

काभ्रे : शिवरात्रिका अवसरमा आज काभ्रे र भक्तपुरको सीमामा पर्ने साँगास्थित शिव मूर्तिमा पूजाआजाका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।जल, पुष्प, अक्षता, धूप लगायतका सामग्री लिएर महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको आराधना गरिरहेका छन्। भक्तजन विगतभन्दा यो वर्ष हर्षाेल्लासका साथ पूजाका लागि व्यस्त देखिन्छन्। त्यस्तै भीडलाई व्यवस्थापन गर्न बनेपा–१३ स्थित साँगामा रहेको नेपाल प्रहरी माध्यमिक विद्यालयका विद्यार्थीहरु स्वयंसेवकका रूपमा खटिएका

नारायण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं : कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुतेकाभगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो।उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यी नार

भगवान् श्रीकृष्णका प्रिय भोजनहरू : किन चढाइन्छ ५६ भोग ?

आर.बी बुढाथोकी   हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ ।   आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ । भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्येका एक अवतार मानिन्छन् । भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई ...

साउनको पहिलो साेमबार, पशुपतिमा भक्तजनहरुको भीड (फोटोफिचर)

आज पहिलो साउने सोमबार । हिन्दुहरुको धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।  कोरोनाभाइरसको महामारीबीच पनि भक्तजनहरुको भीड उल्लेख्य रहेको छ ।सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित

गङ्गा दशहरा स्नान गर्न नदी किनारमा भक्तजनकाे भीड

काठमाण्डाै - ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गा दशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ । सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भइ मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका...