काठमाण्डाै - ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गा दशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ । सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भइ मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका...