नारायण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं : कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुतेकाभगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो।उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यी नार

सम्बन्धित सामग्री

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।...

राम मन्दिरमा भक्तजनको भीड

आज राम नवमी पर्व मनाइँदै छ। राम नवमीको अवसरमा काठमाडौँमा पनि भगवान् श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ।...

मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड

म्याग्दी । हिन्दु र बोद्ध धर्मावलम्बीहरको साझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । नेपालकाे छिमेकी देश भारत र तेस्रो मुलुकका भक्तजन तथा पर्यटकहरुको भीडले मुक्तिनाथ मन्दिर परिसर केही दिन यता खचाखच भएको हो । समुन्द्री सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको, निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको […]

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । आजमात्र खुल्ने मन्दिर भएकाले लाम […]

श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौं । रामनवमीका अवसरमा आज (आइतबार) काठमाडौंको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ । भक्तजनहरुले भजन, किर्तनसहित पूजा आराधना गरिरहेका छन् । भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उहाँलाई उच्च सम्मान गरी […]

चैते अष्टमीः अम्बिकेश्वरी मन्दिरमा भक्तजनको भीड

दाङ, २६ चैत । चैते अष्टमीका अवसरमा शनिबार घोराही– १८ स्थित अम्बिकेश्वरी मन्दिरमा पूजा गर्न भक्तजनको भीड । तस्बिरः रञ्जिता अधिकारी÷रासस

शिव मन्दिरमा भक्तजनको भीड

राजविराज, १७ फागुन: शिवरात्रिको अवसरमा सप्तरीको शिवालयमा आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको छ । जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाआजाका लागि सर्वसाधारणको भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मीठाइ तथा फलफूसहित रङ्गिचङ्गी लुगा लगाइ महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा […]

कार्तिक पूर्णिमा मान्न जानकी मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

जनकपुरधाम – जनकपुरधामको जानकी मन्दिरमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ। कार्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्षझैं यस वर्षसमेत श्रद्धालु भक्तजनको भीड लागेको हो। कार्तिक स्नान गरेर श्रद्धालु भक्तजन जानकी मन्दिरमा पूजापाठको लागि पुग्ने गरेका छन्। जनकपुरधामको गंगासागरलगायतका सरोवर तथा कमला नदीमा स्नान गरेका श्रद्धालु भक्तजन मन्दिरमा पुग्ने क्रम बढेको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ […]

कृष्ण मन्दिरमा भक्तजनको भीड

श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड ।

नरैनापुरको सन्तानेश्वरमा भक्तजनको भीड

नेपालगञ्ज – नरैनापुरको सन्तानेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। भर्खर–भर्खर चर्चामा आएको सन्तानेश्वरमा शनिबार ठूलो संख्यामा भक्तजन पुगेका हुन्। नेपालगञ्ज, कोहलपुर, विनौनालगायत ठाउँबाट मन्दिरमा पुगेका भक्तजनलाई गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले स्वागत गरेका थिए। पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन। अप्ठेरो बाटो भए पनि […]