विराटनगर : मान्छेहरूको बाँच्ने जीवनशैली फरक हुन्छ। कोही सम्पन्नतामा बाँचेका हुन्छन् त कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन्।त्यही समाजमा बाँचेका दुई खाले मान्छेबीच विचार बाझ्न थालेपछि त्यहाँ अशान्ति जन्मन्छ। अभावको रापले पिल्सिदै जान्छ त्यहाँ सामन्त र शोषणले विभेदको आगो थप दन्काउँदै जान्छ अनि त्यहीँबाट शुरु हुन्छ विद्रोह।त्यही अभाव र सम्पन्नताबीचको लडाइँलाई समानताको बाटो खोज्दै १४ वर्षको उमेरमा जनयुद्धमा होमिएकी झापाकी वन्दना झाँगड प्रदेश १ प्रदेशसभामा समानुपातिक सांसद चुनिएकी छिन्। ३६