काठमाण्डाै - समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ ।
१ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानु...