महिला सांसद प्रतिनिधिसभाभन्दा प्रदेशसभामा धेरै

काठमाडौं : प्रतिनिधिसभाभन्दा प्रदेशसभामा महिला सांसद संख्या धेरै देखिएको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभाभन्दा प्रदेशसभामा महिला सांसदको संख्या धेरै देखिएको हो।प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।आयोगले प्रतिनिधि

सम्बन्धित सामग्री

आठै उपसभामुख महिला

प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको उपसभामुखमा महिला सांसद निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर शनिबार निर्वाचित भएकी छन् । त्यसैगरी प्रदेशसभामा निर्वाचित भएकामध्ये एमालेको ४, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टीका १-१ छन् ।

समानुपातिकबाट रोल्पाका तीन महिला सांसद

प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पाबाट एमाले र माओवादी केन्द्रले यो पटक नयाँलाई समानुपातिक सांसद बनाएका छन् । एमालेले जिल्लाबाट दुवै तहमा एक/एक जनालाई सांसद बनाएको छ भने माओवादी केन्द्रले प्रदेशसभामा एक जनालाई सांसद बनाएको हो ।

बाँकेबाट १३ जना महिला सांसद

बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित हुनु भएको हो भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाउनु भएको छ ।

वन्दना बनिन् ‘झाँगड’ समुदायकी पहिलो महिला सांसद

विराटनगर : मान्छेहरूको बाँच्ने जीवनशैली फरक हुन्छ। कोही सम्पन्नतामा बाँचेका हुन्छन् त कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन्।त्यही समाजमा बाँचेका दुई खाले मान्छेबीच विचार बाझ्न थालेपछि त्यहाँ अशान्ति जन्मन्छ। अभावको रापले पिल्सिदै जान्छ त्यहाँ सामन्त र शोषणले विभेदको आगो थप दन्काउँदै जान्छ अनि त्यहीँबाट शुरु हुन्छ विद्रोह।त्यही अभाव र सम्पन्नताबीचको लडाइँलाई समानताको बाटो खोज्दै १४ वर्षको उमेरमा जनयुद्धमा होमिएकी झापाकी वन्दना झाँगड प्रदेश १ प्रदेशसभामा समानुपातिक सांसद चुनिएकी छिन्। ३६

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष

काठमाडाैं ।  बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ । बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् । १४ सिटसहित […]

६६ मध्ये महिला पाँच मात्रै

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।

प्रत्यक्ष र समानुपातिकको ‘इगो’, ८ करोडका योजना अलमलमै

पोखरा । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २४ जना समानुपातिक सांसद छन् । तीमध्ये पनि १८ जना त महिला सांसद मात्रै छन्

उदयपुरबाट प्रदेशसभामा ३ महिला सांसद

नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्।

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।