वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् । आइतबार वीरगञ्जमा पार्टीको तराई-मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताए । अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको उनको जिकिर छ । तराई/मधेस उत्थानको महत्वपूर्ण मुद्दाका […]