काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् । सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् । उनीहरू बाजागाजासहित तामाझामका साथ सभागृह पुगेका छन् ।