कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन गराउन पुगेकी २८ वर्षीया एक महिलाको सोमबार राति मृत्यु भएको छ ।अस्पतालको चरम लापरवाहीका कारण महिलाको ज्यान गएको पीडित परिवारको दाबी छ । उनीहरुले न्याय माग्दै मंगलबार अस्पतालमा धर्ना दिएका छन् ।रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीय