बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बइको बान्द्रा पुलिस थानामा ठगी मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले २०१४ देखि हालसम्म स्पा र जिमको फ्रेन्चाइजी वितरणका नाममा कयौं पटक ठगी गरेको आरोप लगाएका छन् ।
उनले यस मुद्दामा काशिफ खान, दर्शित शाह र उनका केही साथीहरूलाई पनि आरोपी बनाएका छन् । यद्यपि काशिफ र दर्शित को हुन् एवं शिल्पा–राज कम्पनीमा यिनीहरूको भूमिका के थियो भन्नेबारे खुलेको छैन ।
नितिनका अनुसार पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म ‘मे...