काठमाण्डौ – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।
दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए ।
आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन ।
अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको...