काठमाडौँ : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार जबरजस्ती अघि बढेको बताइन्। उनले संसद अवरोधलाई सरकारले जवाफदेही नहुँदाको परिणामका रुपमा लिनुपर्ने बताइन्। कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उन