काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताउनुभएको हो ।
अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताउनुभयो । आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले...