प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगेका छन् ।
एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । साथै देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।
शुक्रवार सत्ता गठबन्धनको बैठकले उनीसँग यस विषयमा छलफल गर्न प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।
एमालेले कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले पार्टी विभाजनमा सहयोग गरेको भन्दै त्यसको विरोधमा एमालेले संसद अवरोध गर...