काठमाण्डौ – नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ ।
आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो ।
सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन ...