निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न पार्टीका कमिटीहरूलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलोपटक उप-निर्वाचन तथा स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकपछि प्रबक्ता प्रदिप ज्ञवालीले निकट भविष्यमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सबै कमिटीहरूलाई निर्देशन दिएको बताए।

सम्बन्धित सामग्री

बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।  सोमबार संसद भवन...

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

गण्डकी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे । एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको […]

सहमतिमा नेतृत्व चयन गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति र समझदारी गरेर जिल्ला नेतृत्व चयन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले उच्चस्तरको समझदारी र सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।  ‘दशौं महाधिवेशनमा हामीले सहमतिका प्रयास गर्‍यौं, सहमति हुन नसक्दा लोकतान्त्रिक ढंगले स्वच्छ ढंगले लोकतान्त्रिक विधिबाट, मतदानको विधिबाट अघि बढ्ने नीति लिइयो,’ ओलीले भने, ‘जिल्ला कमिटीमा सकेसम्म समझदारी, सहमति र एकताबद्ध भएर मन नखुम्च...

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २ पुस: नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी गर्दै अध्यक्ष केपीओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित […]

ओलीको निर्देशन भन्ने तर तल चलखेल जारी राख्ने

काठमाडाैं : बुधबार प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव कुमार नेपालबीच मेरियट वार्तापछि एकता नजिक पुगेको एमाले एकता हुन नदिन पार्टी भित्रै चलखेल भएको नेताहरूले आशंका व्यक्त गर्न थालिएको छ । एकताको अन्तिम टुंगो नलागेसम्म कुनै पनि सांगठनिक गतिविधि नगर्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको बताइए पनि त्यस  विपरीत प्रदेश २ का अध्यक्ष ज्वाला साहले वरिष्ठ नेता माधव नेपालको गृह जिल्ला रौतहटसहित अन्य जिल्लाहरूका अध्यक्ष तथा सचिवको जिम्मेवारी हेरफेर गरेका थिए।महाधिवेशनबाट निर्वाचित

आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन  लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दो

खोपका लागि पहल गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।

ओलीको निर्देशन : चुनावको माहौल बनाउनुहोस्

१ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग […]