भारतको उत्तराखण्डस्थित पौडीको चौबट्टाखाल प्रशासनिक इकाइमा पर्ने किमगिडी गाउँका महिला आफ्नो खेतमा दलहन बाली भित्र्याइरहेका छन् । १७, १८ र १९ अक्टुबरमा भएको अविरल वर्षाको मार दलहन बालीमा पनि परेको छ । वृद्ध किसान लीला देवी भन्छिन्, ‘जब वर्षा चाहिन्छ, त्यति बेला पर्दैन । अहिले बेमौसमी वर्षा भइरहेको छ । मासको दाल कोसाभित्रै गलेको छ । पशुहरूका लागि हामीले घाँस काटेर राखेका थियौँ । त्यो पनि सडेको छ ।’उनका अनुसार गत मे महिनामा पनि लगातार बेमौसमी वर्षा भएको थियो । त्यति बेला पनि विभिन्न बाली