३५२ फर्मलाई मूल्य अभिवृद्धि कर बक्यौता तिर्न आन्तरिक राजस्वको ताकेता

काठमाडौं। आन्तरिक राजस्व विभाग पुतलीसडक र बानेश्वर कार्यालयले ३५२ फर्मलाई कर दाखिला गर्न सूचना जारी गरेका छन् । पुतलीसडक कारररर्यालयले ५ लाख रुपैयाँ भन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको छ । बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ । कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन् । कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा अधिकांस निर्माण व्यवसायी रहेका छन्।  

सम्बन्धित सामग्री

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । मूल्य अभिवृद्धि करका कारण बजारमा आलु प्याजको सहज आपूर्ति हुन नसकेको भन्ने समचारप्रति ध्यानाकर्षण भएको जनाउदै विभागले आलु, प्याज, स्याउलगायत उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ । विभागले जारी गरेको सुचना भनिएको छ, ‘आलु प्याजलगायत […]

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने […]

आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

३ वैशाख, काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ । यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० […]

आन्तरिक राजस्व कार्यालय सिमराबाट साढे पाँच अर्ब राजस्व सङ्कलन

कलैया । आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन […]

चार अर्ब रुपैयाँ कर फिर्ता

काठमाडौं, मंसिर ८ । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपैयाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर […]

सरकारद्वारा चार अर्ब रुपियाँ कर फिर्ता

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो । गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ ।त्यसमध्ये एक हजा

कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का

काठमाडौं।लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ।दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानुनी कारवाहीस्वरूप कारोबार,बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ।

असार २५ गतेभित्र कर तिर्न निर्देशन

काठमाडौं, ३ असार । आन्तरिक राजस्व विभागले २०७८ असार २५ गतेसम्म सबै प्रकारका कर तिर्न निर्देशन दिएको छ । विभागले बुधबार सुचना जारी गर्दै असार २५ भित्र सबै प्रकारका कर दाखिला गर्न निर्देशन दिएको हो । राजस्व विभागले हिजो मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन […]

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।यसैगरी आयकर, अन्तः शुल्क, शिक्षा सेवा

निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने

काठमाडौं। सरकारले कुनै निर्णय नगरे निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले अनलाइनको माध्यमबाट राजस्व तिर्न आग्रह गरेको छ। चैतमा मूल्य अभिवृद्धि कर (भ्याट) वैशाख २५ गतेभित्र तिर्नुपर्ने हुन्छ। यद्यपि, सरकारले कर तिर्न समय थप गर्ने निर्णय गरेमा भने विभागले सोहीअनुसार काम गर्ने विभागका महानिर्देशक झक्कप्रसाद आचार्य बताए।